Ward no 6

कोइवो गुम्वा ः 

आँधीखोलागाउँपालिकावडानंं६भुद्रुमपोलामाअवस्थितयोगुम्वाकलात्मकछ।वि.सं. २०७९ सालमा निर्माण गरिएको यो गुम्वा बोन धर्मावलम्वी तमुहरुको संस्कृति अनुसार पितृहरुको नाममा विशेष पूजा गर्ने स्थान हो जहाँ गुरुङ जातिको पुजारी घ्याव्रे, पच्यु, ढेव्रेद्वारा चामलको भात पकाएर नाङ्लोमा कैदुको आकार बनाएर पूजा गर्ने प्रचलन रही आएको छ । यो गुम्वाबाट रमणीय प्राकृतिक सुन्दरता झल्किने दृष्यहरुको अवलोकन गर्न सकिन्छ ।  गुरुङ जातिको पुजा स्थल यस गुम्वामा नियमित पुजा हुन्छ । मानिस मरे पछि १३ औ दिन वा १३ दिन पछि अन्य उपयुक्त दिनमा अर्घो गर्ने चलन छ । अर्घो गर्दा कास्कीको थामबाट लामा (घ्यावे्र) बोलाउने चलन छ । ल्होसारमा विशेष पूजा हुन्छ । ल्होसारमा लामा घ्याव्रे र बाँगेबाट बोलाइने पुजारी पच्युबाट पूजाआजा हुन्छ ।

आनन्द आश्रम ज्ञान केन्द्र ः 

योआश्रमआँधीखोलागाउँपालिकावडानं. ६ फापरथुममा अवस्थित छ । पण्डित आनन्दमणी ढकालको स्मृतिमा स्थापित यस आश्रममा हरेक महिना साहित्यिक कार्यक्रम गर्ने गरिन्छ । जसमा साहित्यकारहरु र साहित्यानुरागी व्यक्तिहरुलाई आमन्त्रण गरिन्छ ।व्यक्ति व्यक्ति सिर्जनाकार र घरघर साहित्यकारभन्ने मूल नाराका साथ यो आनन्द आश्रमको स्थापना भएकोले समाजमा देखिएका वा रहेका समस्याहरुलाई साहित्यको माध्यमबाट प्रकाशन गराउने र ती समस्याहरुको समाधानको बाटो स्वयं व्यक्तिले नै पहिल्याउन सक्ने सचेत नागरिक तयार गर्न यो आश्रमले मुख्य भूमिका खेलेको पाइन्छ । पुस्तक, समाज, आप्तपुरुष र प्रकतिले भनेका कुराहरुको अध्ययन तर्कका साथ गर्ने, तिनको भनाइ ठीक वा बेठीक के हो ? प्रश्न उठाइरहने र आफै जवाफ खोजेर निष्कर्ष निकाल्ने, ज्ञानको सुमार्ग खोज्ने मुख्य ढोकाको रुपमा यो आश्रमलाई विकास गर्न खोजिएको छ । 

आग्री गुफा ः 

      आँधीखोला गाउँपालिकाको वडा नं. ६ ढाँडखेत नजिकै एक गुफा रहेको छ । यो गुफा तामाको उत्खनन गर्ने क्रममा बनेको हो भन्ने भनाइ छ । पर्वतको फलामखानीबाट आग्रीहरु यस स्थानमा आएका र तामाको उत्खनन गरेको हुनाले उनै आग्रहरुको नामबाट यस गुफाको नाम आग्री गुफा रहन गएको भन्ने जनश्रुति छ । आग्रीहरुले त्यस वखत ढकालको कुल पूजामा खिर लुटेर खाएकोले त्यस ठाउँमा ठूलो पहिरो आई आग्रीहरुको वासस्थान पुरी उनीहरुको मृत्यु भएको इतिहास छ । यस घटनालाई उनीहरुले नराम्रो कर्म गरेकाले त्यसैको श्राप लागेको हो भनिन्छ । हाल यो गुफाको स्थानीय जनताहरु खोज अनुसन्धानका लागेका छन् । स्थानीय बूढापाकाको अनुसार यो गुफा धेरै भित्रसम्म छ भनिन्छ ।

पाट सिगुरेनी ः

आँधीखोलागाउँपालिकावडानं. ६ मा पर्ने यो स्थान लाली गुराँसको लागि निकै प्रसिद्ध मानिन्छ । हरीयाली बन जंगलसंगै यहाँबाट देखिने मनोरम दृष्यहरु यहाँका मुख्य विशेषता हुन् । यो स्थान चण्डीस्थान जाने प्रवेश द्वारको रुपमा रहेको छ । यस स्थानमा सिगुरेनीका एक व्यक्ति पूजा गर्न गएको र पाटे बाघद्वारा आक्रमण भई उसको मृत्यु भएको हुँदा यसको नाम पाट सिगुरेनी नाम रहन गएको कथन पाइन्छ । यस स्थान वनभोज तथा बाह्य सांस्कृतिक भ्रमण तथा कार्यक्रमहरुको निकै महत्वपूर्ण मानिन्छ ।  

सारांश:

आँधीखोला गाउँपालिका धार्मिकसांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणबाट निकै धनी रहेको पाइन्छ । विभिन्न जातजातिहरु मिलेर हातेमालो गर्दै आआफ्रनो रितिरिवाज अनुसार कला संस्कृति पस्किने यहाँको जनसमुदयमा नौमती बाजाभजन किर्तन र सोरठी नृत्य निकै रोचक तरिकाले प्रस्तुत हुने गरेको पाइन्छ । विभिन्न पूजाआजामा भजन किर्तन सहित बाजा बजाएर साथमा नृत्य प्रस्तुत गरेमा देवी देवता तथा कुलहरु खुसी हुने र कहिल्यै दुःख कष्ट नपर्ने जनविश्वास रही आएकाले हरेक शुभ साहित तथा पूजाआजामा आआफ्नो रितिरिवाज अनुसार भजनकिर्तनबाजा र नृत्य प्रस्तुत गर्ने गरेको पाइन्छ । यस ठाउँमा विशेष गरी हिन्दूबौद्धबोन र मुस्लिम धर्मावलम्वीहरुको वसोवास छ । परापूर्व कालमा नौडाडाबाट आँधीखोलाको किनारै किनार सेती दोभानकृषिसिम्लेढलेवरसरादी दोविल्लाआठगह्रेफेदीपैरीजाँगरढुंगे ठाटी हुदै कार्किनेटादेखि कुश्मावागलुङ मुस्ताङ्सम्म घोडासच्चरढाकरहरु मूल पैदल यात्राकोे रुपमा यात्रा गर्दथे भने कोही बटुवा तथा ढकारहरु विचारी चौतारा जुम्लीठाना हुँदै खौला लाकुरीको बाटो हुँदै वेनीवाग्लुङमुस्ताङ पुग्दथे । थाकखोलाबाट आएका थकालीहरुले आँधीखोलाको तिरमा खाना खाने होटलहरु सञ्चालन गरेका थिए । यो मार्ग धौलागिरी प्रवेशद्वारको रुपमा लिइन्छ ।