Ward no 5
काला भैरव कोट मन्दिर ः
आँधीखोला गाउँपालिका वडा नं ५ सेतीदोभानको रङ्गुवा–लाँकुरीकोट र फेदीखोला गाउँपालिकाको बाँगेथुम सिमावर्ती क्षेत्रमा पर्ने काला भैरवकोट मन्दिर निकै महत्व बोकेको ऐतिहासिक स्थल हो । त्रेता युगमा राजा दशरथ मुक्तिनाथ बाबाको दर्शनका लागि तीर्थाटनमा आउँदा यहि ठाउँमा विश्राम लिएका थिए भन्ने किंवदन्ती रही आएको छ । पछि वाइसे चौविसे राजाहरुको समयमा नुवाकोटका रजौटाहरु आएर बसेका थिए भन्ने कथन पाइन्छ । वागेकोट वा काला भैरवको मन्दिरमा ठूलो दशै र चैते दशैमा पूजाआजा गरी बली दिने प्रचलन पनि रही आएको पाइन्छ । यो स्थानमा आँधीखोला गाउँपालिकाको कार्यालय रहेको स्थान कृषि हुदै करिव २ घण्टाको पेैदल यात्रा र जुग्लेबजारबाट करिव ४५ मिनेटको सवारी साधन यात्राबाट पुग्न सकिन्छ । घना जंगलको बीचको उचाइ भागमा रहेको यो स्थान रमणीय र प्राकृतिक रुपले भरिपूर्ण छ । यहाँबाट आँधीखोला गाउँपालिकाको अधिकांश भूभाग देख्न सकिन्छ ।


शिवालय मन्दिर ः
शिवालय मन्दिर आँधीखोला गाउँपालिका वडा नं. २, ५ र ६ को संगम स्थलमा अवस्थित पुलको मुखमा रहेको यो मन्दिर गाउँपालिकाको प्रमुख प्रसासकीय भवनको पछाडि करिव ३०० मिटरको दूरीमा रहेको छ । यस मन्दिरमा हिन्दू धर्मका प्रधान देवता शिवजीको मूर्ति रहेको छ । हाल प्यागोडा शैलीमा निर्माण गरिएको नव निर्मित मन्दिर भन्दा पहिलाको पुरानो मन्दिर वि.सं. २०२९ सालमा स्थानीय समुदायको सक्रियतामा निर्माण भएको थियो । यहि मन्दिरको ठाउँमा नयाँ मन्दिर निर्माण गरिएको छ । नव निर्मित मन्दिरको छानोमा तामाका पाताले छाएको छ । चारै तर्फ घेरावार गरिएको छ । १०८ वटा पञ्चधातुका दिया व्यवस्थापन गरिएकोे छ । विशेष गरी महाशिवरात्रीको अवसरमा भक्तजनहरुको ठूलो मेला लाग्दछ । शिवरात्रीको दिन भक्तजनहरुले धुनी बालेर अखण्ड भजन किर्तन गर्ने, शिवलिङ्गमा दूधको धार दिने सामुहिक वत्ती बाल्ने, दिनभर रुद्रीपाठ गरेर रातभरी जाग्राम वसी शिवजीको आरधाना गरिन्छ । वर्षेनी जनै पूर्णिमाको दिन यस मन्दिरमा रुद्रीपाठ गरेर जनै मन्त्रण गर्दे आएको पाइन्छ । साउन महिनाको प्रत्येक सोमवार साथै अन्य सोमवारीका व्रतालुले शिव लिङ्गमा दूध चढाउने प्रचलन रहदै आएको छ । मन्दिरको दर्शन गरी पूजाआजा गरेमा मनमा शान्ति हुने, रोग प्रकोप न्यूनीकरण हुने, सन्तानको आयु वढ्ने जनविश्वास गरिन्छ ।
जुुग्ले शिवालय मन्दिर ः
शिवालय मन्दिर आँधीखोला गाउँपालिका वडा नंम्वर ५ जुुग्लेको समीको रुखभन्दा माथि जुुग्ले गोगनपानी सडक खण्डको जिरो चोकमा अवस्थित छ । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर भित्र १०८ वटा पञ्च धातुका दिया स्थापना गरिएको छ । कलात्मक तरिकाले कुदेर निर्माण गरिएको ढोका, ढोकाको अगाडि वसाहाको मूर्ति र मूर्ति नजिकै ठूलो घण्टा स्थापना गरिएको छ । मन्दिर भित्र शिवलिंङ्ग स्थापना गरिएको छ । स्थानीय पुजारीले नियमित पूजाआजा गदै आएको छन् । यहाँ गाउँपालिका क्षेत्रै सवैभन्दा ठूलो हल निर्माण भएको छ । वहुउद्देश्य संस्थाको दिर्घकालीन योजना अनुसार स्थानीय समुुदायको विवाह, व्रतवन्ध, भोज, भतेर लागाएतका सामाजिक संस्कार यसै मन्दिरबाट सम्पन्न गर्दे आएको छ । पञ्चासे पञ्चधामसँग जोडेर यस मन्दिरको विकास र विस्तार गर्ने उद्देश्य लिई यो मन्दिरको स्थापना भएको हो । नियमित पुुजाआजा, दर्शनका अतिरिक्त महाशिवरात्री, बालाचर्तुदशी, जनै पूर्णिमामा भने भक्तजनहरुको घुुइचो लाग्ने गरेको छ ।


पुत्ताउने छहरा ः
आँधीखोलागाउँपालिकावडानंवर५ठूलीवराहमायोछहराअवस्थितछ।ठूलीवराहबाटकरिव४०मिनेटकोपदयात्रापछियसझरनासम्मपुुग्नसकिन्छ।वागेदेउरालीमुलबाटउत्पतिभएकोमूलबाटआएकोपानीकरिव१७०मिटरकोउचाइमारहेकोकडाचट्टानमाठक्करखादैतलझर्र्दापानीकाफोहरात्यहाको२०÷२५ मिटर टाढासम्म छरिन पुुग्दा त्यहाको दृश्य पुत्ताएको आगोबाट धुँवाको मुस्लो निस्किए जस्ता देखिन पुुग्दछ । हिउँदको समयमा पानी सुख्खा भए पनि वर्षादको समयमा भने पानीको तीव्र वहाव वढदा अतिनै सुन्दर र मनमोहक दृश्यवलोकन गर्न सकिन्छ । कडा चट्टानमा ठक्कर खाएको पानीका मसिना थोपा सूर्यको किरणले इन्द्रेणीका सात रंग देखिएका हुन्छन । यो झरना साहसिक पर्यटकको लागि आकर्षण वन्न सक्ने सम्भावना वोकेको छ ।
चुले सिद्ध गुफा ः
आँधीखोला गाउँपालिका वडा नं. ५ चुलेको भीर वा नेवारलोटमा अवस्थित छ । यस भीरबाट एक नेवार जातिका मानिस लोटेर मृत्यु भएको हुनाले यस ठाउँको नाम नेवारलोटे रहन गएको कथन छ । यस गुफासम्म पुुग्नको लागि नेवारलोटे भन्ने स्थनबाट करिव ५०० मिटर माथि प्राकृतिक रुपमा यो गुुफा निर्माण भएको छ । यस गुफामा ठाडो भीर र भौगोलिक विकटताको कारण नियमित आवगमनमा भने सम्भव छैन । यस गुफाको करिव १५ मिटर भित्र सिद्ध वावाको स्थान रहेको र विगतमा पुर्खाहरुले उधौली, उभौली पर्वको अवसरमा दिवालीको पूजा विधि अनुसार गाइको खीर, लाभा, रोटीले नियमित पूजाआजा गदै आएका थिए । यो गुफा प्रकृतिकले निर्माण भएकोले सिद्ध गुफा भन्ने गरिएको पाइन्छ।
