Ward no 3
जुम्लीठाना ः
आँधीखोलागाउँपालिकावडानंवर३विचारीचौताराकोरानीस्वाँराकोशिरमाअवस्थितछ।यसस्थानमाजानकोलागिनौडाँडादेखिकार्कीनेटासडकखण्डअन्तर्गतकरिव२२किलोमिटरकोदूरिपारगर्नुपर्दछ।नौडाँडाबाटकरिव१५किलोमिटरकोयात्रापारगरेपछिफूलवारीझरनाबाटकेहिअगाडिचौंरीभन्नेस्थानकोजिरोबाटवडानंम्वर३कोकार्यालयहुदैकरिव६.५ किलो मिटरको दूरीमा यो स्थान रहेको छ । पैदल यात्रीको लागि नौडाँडाबाट करिव ५ घण्टाको दूरीमा अवस्थित छ । यस स्थानमा जुम्लाबाट रजौटाहरु आई ठाना बनाएर बसेकोे हुनाले यस ठाउँको नाम जुम्लीठाना रहन गएको हो भन्ने भनाई छ । परापूर्व कालमा बाईसे–चौबिसे राज्य अन्तर्गत मल्ल कालमा अणवम मल्लले सुरुवातमा राज्य चलाएको भन्ने कथन छ । यसै गरी सतौं राज्य अन्तर्गत मुचुकुन्द नाम गरेका राजाले राज्य गरेको इतिहास पौडेल वंशावलीमा उल्लेख छ । कतिपय पुराना तमसुकमा सतौं ज्ञादी मध्ये रानीस्वारा खण्ड भनी उल्लेख गरेको पाइन्छ । तत्कालीन रानीले आफूलाई चाहिने तरकारीको खेती गर्ने वारीलाई रानीस्वाँरा भन्ने गरिएकोले यस ठाउँको नजिकै रहेको गाउँलाई रानीस्वाँरा भनिएको भन्ने कथन छ । स्याङ्जा जिल्लाको उत्तरी भू–भाग, नागवेली परेको आँधीखोला, अन्नपूर्ण, धवलागिरी हिमाल, पर्वतको कुश्मावजार, वलेवा साथै वाग्लुङका केही भू–भागको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रले धार्मिक, ऐतिहासिक साथै पर्यटकीय महत्व बोकेको छ ।


फूलवारी झरना ः
आँधीखोलागाउँपालिकावडानं. ३ हरौंटा भन्ने स्थनमा फूलवारी झरना अवस्थित छ । यस ठाउँमा पुुग्न नौडाँडादेखि कार्कीनेटा सडक खण्ड अन्तर्गत करिव १५ किलोमिटरको दूरी पार गर्नु पर्दछ । कुवापानीबाट उत्पति भई मजुवा, फुवासे खोलाको पानी करिव ७० मिटरको उचाइमा रहेको कडा चट्टानमा ठक्कर खादै तल झर्दा पानीका फोहरा त्यहाको वरिपरि छरिएर मोटरबाटोसम्म फास आउछ । हिउँदको समयमा सानो छहरा खसे पनि वर्षाद्को समयमा भने पानीको सतह बढ्दा अतिनै सुन्दर र मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । कडा चट्टानमा ठक्कर खाएको पानीका मसिना थोपा सूर्यको किरणले इन्द्रेणीका सात रंगदेखिएका हुन्छन् । यस्तो सुन्दर झरनाको दृश्य अवलोलन गर्न, फोटो खिचाउन भिडियो बनाउन, स्नान गर्न आन्तरिक पर्यटकहरुको भीडनै लाग्ने गर्दछ साथै यस सडक खण्डमा यात्रागर्ने यात्रुहरुको त नियमित गाडी रोकेर झरनाको अवलोकन गर्ने फोटा, भिडियो खिचाउने जस्ता कार्य नियमित देख्न पाइन्छ । कतिपय यात्रुबाहक वस तथा पर्यटक वसहरुको योजना फूलवारी होटलमा खाना, चिया नास्ता गर्ने र झरनाको अवलकोन उद्देश्यका साथ भ्रमण तय गरेका हुन्छन् । यस झरनाको नजिकै रहेको उच्च भागबाट निकै रमणीय दृष्यावलोकन गर्न सकिने भएको हुनाले नौडाडा–कार्किनेटा सडक भएर आवतजावत गर्ने यात्रुहरु यस स्थानमा रोकिई फोटो तथा भिडियोहरु खिची रमाउने भएकोले यो उच्च भागलाई सेल्फी डाँडा भन्ने प्रचलन रहेको पाइन्छ ।
भवानी चौका मन्दिर ः
आँधीखोलागाउँपालिकावडानं. ३ मा रहेको यो मन्दिर निकै धार्मिक तथा ऐतिहासिक छ । निकै ठूलो शक्ति पीठको रुपमा रहेको यो मन्दिरमा पानी नपरी खडेरी परेमा चैत्र महिनाको अष्टमीमा चौविस घण्टे भजन किर्तन गरेमा पानी पर्ने हुनाले अष्टम देवीको मन्दिर पनि भन्ने गरिएको किंवदन्ती रही आएको छ । मनोकांक्षा पुग्ने हुनाले हाल पनि पानी नपरेको वर्ष चैत्रको अष्टमीमा भजन किर्तन गर्ने गरेको र त्यसो गर्दा पानी परेको भनी स्थानीयहरु बताउँछन् ।


विचारी चौताराको अभिलेख ः
आँधीखोलागाउँपालिकावडानं. ३ मा रहेको राष्ट्रिय मा.वि.को मूल गेट भन्दा करिव ५० मिटर उत्तर रानीस्वाँरा जाने बाटोमा यो चौतारी अवस्थित छ । यो चौतारीको नामबाट विचारी चौतारा नामाकरण भएको पाइन्छ । ऐतिहातिक तथ्य अनुसार हालको विचारी चौतारा वि.सं २०३२ साल भन्दा पहिलो पर्वत जिल्लाको खौला लाकुरी गाउँ पञ्चायतमा थियो भने सोही सालमा पर्वत जिल्लामा गाभिए पछि यसै चौताराको नामबाट विचारी चौतारा गाँउ पञ्चायत भनी नामाकरण गरियो । यो चौताराको इतिहास प्राचीनकालको जुम्लीठाना राज्यसँग जोडिएको पाइन्छ । तत्कालीन समयमा जुम्लीठाने राजा र उनको सभासदहरुले आप्mनो राज्यको नीति, नियम, विचार विमर्श, जनताहरुसँग सरसल्लाहको लागि भेलाको आयोजना गर्दा यसै चौतारीमा जम्मा हुने गर्दथे । आफ्नो राज्यका जनताहरुसँग प्रत्येक्ष जनसम्पर्क भेटघाट गर्ने र जनताका मुद्दामामिला, झै झगडा मिलाउनको लागि यस चौतारीलाई मुख्य केन्द्र बनाएको पाइन्छ । जनवोलीमा विचार विमर्श गर्र्ने स्थान भन्ने गरियो । पछि यसैको अपभ्रश भइ विचारी चौतारा रहन गयो । विसं २०३२ सालदेखि गाउँपञ्चायतमा परिणत भए पछि पनि तत्कालिन भद्र भलाद्मी तथा शासकहरुको आम भेला हुने स्थानको रुपमा यस चौतारीको प्रयोग हुदै आयो । अहिले पनि यो चौतारीमा ढुँगामा कुदिएका शिलालेख देख्न पाइन्छ । साथै लालमोहर जस्ता धार्मिक, पुरातात्विक तथा ऐतिहासिक तत्वहरुको अवशेष रहेको पाइन्छ । यो चौतारी नजिकै प्राचीन कालमा एक पौवाठाँटी रहेको थियो । त्यही पौवाको नामवाट पौवाडाँडा भन्ने गरिन्थ्यो । पछि यसैको अपभ्रश भई पुवाडाँडाको नामाकरण भएको पाइन्छ । हाल पौवाको अस्तित्व नरहे पनि चौतारीको अवशेष भने देख्न सकिन्छ । त्यो चौतारीलाई पहिलेको अवस्थामा मर्मत सम्हारको खाँचो छ ।
कमलजैशी मन्दिर ः
आँधीखोला गाउँपालिका वडा नं. ३ विचारी चौताराको रानी स्वाँंरामा कमलजैसी मन्दिर अवस्थित छ । नौडाँडादेखि कार्कीनेटा सडक खण्डअन्तर्गत करिव २१ किलोमिटरको दूरीको यात्रा पार गरेपछि यस स्थानमा पुुग्न सकिन्छ । नौडाँडाबाट करिव १५ किलोमिटरको यात्रा पार गरेपछि फूलवारी झरनाबाट केही अगाडि चौंरी भन्ने स्थानको जिरोबाट वडा नं. ३ को कार्यालय हुदै करिव ५.३ किलोमिटरको दूरीमा पर्दछ । पैदल यात्रीको लागि नौ डाँठाबाट करिव ४ घण्टाको यात्रा पार गरेपछि पुुग्न सकिन्छ । यो मन्दिर वाइसे चौविसे राज्यमा जुम्लाको सिंजा उपत्यकाबाट तत्कालिन पुर्खाहरु वसाइँसराइँ गदै आउने क्रममा आफ्नो कूलको रुपमा स्थापना गरेको भन्ने भनाइ छ । प्राचीन मोडलमा निर्माण गरिएको पुरानो मन्दिरको भग्नावशेष मात्र रहेको छ । पुरानो मन्दिर नजिकै रहेको शताब्दियौं पुरानो चिलाउनेको रुखमा ध्वजा र घण्टीहरु चढाएको देख्न सकिन्छ । यस क्षेत्रलाई चारै तर्फ पर्खालले घेरेर सुरक्षित बनाइएको छ । हाल स्थानीय समुदाय र पालिकाको सहयोगमा नयाँ मन्दिर स्थापना गरी नियमित पूजाआजा गर्दे आएको पाइन्छ । कमलजैसीलाई सबै जातजाति तथा समुदायले साझा कुल देवताको रुपमा पनि कुल परम्परा अनुसार पूजाआजा गर्ने प्रचलन रहेको छ । कुनै पनि समुदायको आफ्नो कुल वंश वा वंशको हागो पत्ता नलागेमा यस मन्दिरमा आफ्नो कुलदेवताको स्मरणमा कुल पूजा गर्ने प्रचलन रहेको छ ।


थुम्का मनकामना मन्दिर ः
आँधीखोलागाउँपालिकावडानं. ३ मनकामना टोल थुम्कामा अवस्थित छ । फूलवारी आर्थर सडकखण्ड नजिकै रहेको यो मन्दिर शक्ति पीठको रुपमा स्थापित छ । यस मन्दिरको इतिहासलाई हेर्दा वि.सं. २०३४ सालमा राती करिव १२ वजेको समयमा पूर्वतर्फबाट एक अनौठो प्रकाश सहितको ज्योति तीव्र वेगमा आई यस स्थानमा खसेछ । स्थानीय प्रत्यक्ष दर्शीको भनाइ अनुसार त्यो ज्योति खसेपछि लामो समयसम्म गाउँनै उज्यालो बनाएछ । बिहानी पख स्थानीयवासीले त्यहाँ अवलोकन गर्न जाँदा त्यो ठाँउमा नयाँ शिलाजस्तो अनौठो आकारको चट्टान देखिएछ । यो स्थानमा मनकामना माइको अंश भएकोले वडा दशैको धटस्थापनादेखि दशमीसम्म र चैत्रे दशमीमा ठूलो मेला लाग्दछ । यस मन्दिरमा भाकल, पूजाआजा, दर्शन गरेमा मनकोकामना पूरा हुने जनविश्वास छ । राम नवमी साथै अन्य समयमा पनि आसपासका गाउँ वस्ती साथै पर्वत जिल्लाबाट भाकल, पञ्चवली दिने प्रचलन रहेको छ ।