समुन्द्री सतह बाट करिब १७०० मिटरको उचाइमा अबस्थित आधिखोला गाउपालिका वडा न.१ पंचमूलमा शतब्दीयौ बर्स पहिला अन्यत्रस्थान बाट सुरक्षित बसोबास, ब्यबस्थित लेकाली पशुपालन कृषि प्राणालीको सहज स्थान पहिचान गरेर यस स्थान आएर बसोबास गर्नु भएका विभिन्न जातजातिको आस्था भरोशा निष्ठा र बिस्वासको प्रतिक हो |
नेपाने भगवती कालिका मन्दिर, यस मन्दिरलाइ स्थानीय बोलिचालिमा नेपानेकि देबी भनेर पनि पुकारिन्छ , नेपाने देबीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जना श्रुतिहरु छन् , ब्यबस्थित लेकाली पशुपालन कृषि प्रणालीको सहजताका लागि बसाइ सरेर आएका ब्याक्तिहरुले लेकमा गोठ राख्ने पशुपालन गर्ने साथै खेतिपातिमा सक्रिय रहदै आएकोमा त्यो अबस्थामा हाल स्थानीय बोलीचालीमा नामाकरण भएका राइजुम टुनिखाल्टा, बेझान,पैरे सिस्ने खर्क, मथुरखर्क साथै लामो गरामा घना जंगल भित्र पशुपालन गर्दै आएका थिए, भाग्नाशेस अबस्थामा अहिले पनि यी ठाउमा गोठका गराहरु देख्न सकिन्छ, अचानक अप्रत्यासित ढंगले यी स्थानमा पालिएका सबै पशु चौपाय हराए , त्यस्तो अकल्पनीय घटनाले स्तब्ध तथा निरास भएका गोठालेहरुलाई रातमा देबिले दर्शन दिई भन्नुभयो म तिमीहरुले मान्दै,पुज्दै आएकी कालरात्रि महागौरी हु , तिमीहरु बसोबास गरेको घर भन्दा माथि पहाडी चट्टान छ जुन चट्टानको तल ओढार छ, त्यसकै माथि मेरो आकिर्ती उत्पन्न गराई भक्तिभाबपुर्बक पुजा अर्चना गर्नु भनेर अन्तरध्यान हुनुभयो ,गोठाले तथा यस स्थानमा बसोबास गर्ने विभिन्न जात जाति मिलेर भोलि पल्ट मनै बाट पवित्रता र कसैमाथि भेदभब नगरी उक्त चट्टान माथि देबीको आकिर्ती बनाएर फलफुल लगायत आफु संग उपलब्ध भएका सगुनले पुजा गर्दा देबीमाता खुसि भएर ति हराएका पशु चौपाय भेटिएको भन्ने किम्बदंती रही आएको छ .
नेपाने देबिलाई अटल शौभाग्य तथा भक्तजनको मनोचिन्ते झोली भरिदिने देबीको प्रतिकको रुपमा मानिन्छ ,श्रदालु भक्तजनले सौन्दर्य प्रशाधनका सामाग्रि, फलफुल अक्षता तथा बलि पूजाले समेत पुजिने गरिन्छ , सन्तान घर परिवारको लागि धन धान्य, सुस्वास्थ्य सहीत आफ्नो सातकार्यका लागि भाकल गरेर पुजा आराधाना गरेमा परिपूर्ण हुने जनधारणा रही आएको छ भने बिक्रम सम्बत १९५३ देखि करिब १२८ बर्ष अगाडी यस मन्दिरमा श्रदालु भक्तजनले चढाएको घन्टी र सो समय भन्दा पहिला ढुंगामा कुदिएका लिपि तथा मुर्तिले यो स्थान पुरातात्विक साथै ऐतिहासिक दृस्टीले निकै महत्वपुर्ण रहेको पुस्टि हुन्छ ।