गायत्री पाञ्चायतन मन्दिर आँधीखोला गाउँपालिका वडा नं. २ चिलाउनेबास, काफलटारीमा रहेको छ । यो मन्दिर गुरुकुल वेद विद्याश्रम मा.वि.को परिसर भित्र छ । समग्र वैदिक विज्ञानको सार संग्रहित जसलाई हामीले बह्मविद्याका रुपमा चिन्दछौ र नित्य सन्ध्योपासना गरी यथाशक्य जप गर्छौ त्यस्तो मोक्षदायक शक्तिदायक अदृष्यशक्तिले भरिपूर्ण गायत्री मन्त्रद्वारा उपास्या प्राणकी अधिष्ठात्री देवी वेद जननी र सवै देवताद्वारा उपस्या गायत्री देवी, सार सृष्टिकी उत्पत्तिकर्ता सावित्री र विवेक ,ज्ञान र बुद्धिधात्री सरस्वती यी त्रिशक्ति देवीलाई एकै केन्द्रमा राखेर निर्माण गरिएको गायत्री पाञ्चायतन मन्दिर नेपालकै उत्कृष्ट र नमूना मन्दिर हो ।
पाँचवटा देवताको समुदायलाई पाञ्चायतन भनिन्छ । जसमा गणेश, सूर्य, विष्णु, शिव र देवी पर्दछन् । गणेशलाई पृथ्वीतत्व, सूर्यलाई तेजतत्व, विष्णुलाई जलतत्व, शिवलाई आकाशतत्व र देवीलाई शक्तिमान वायुतत्वको प्रतीकको रुपमा लिइन्छ । यिनै पञ्चदेव हुन् यसलाई पाञ्चायतन शव्दले परिभाषित गरिएको छ । गायत्री, सावित्री र सरस्वतीलाई मध्य भागमा र पञ्च प्रकृतिका अधिष्ठाता देवताहरुलाई बाहिरी भागमा राखिएको हुनाले गायत्री पाञ्चायतन नाम रहन गएको हो । यसर्थ यो मन्दिरको महिमा अपरम्पार छ । हिन्दू धर्ममा गायत्रीलाई महत्वपूर्ण शक्ति मानिन्छ । यहाँ गुरुकूलमा अध्ययन गर्ने वटुकहरुबाट नियमित पुजा गरिन्छ । विशेष गरी नवदुुर्गा र श्रीपञ्चमीमा भक्तजनहरु भेला भई पुजा आजा गर्छन्
Gayatri Panchayatan Temple is located in Chilawenabas, Kafaltari, Ward No. 2, Chilawenabas, Kafaltari. This temple is within the premises of Gurukul Veda Vidyashram M.V.I. The essence of the entire Vedic science is collected, which we know as Brahmavidya and chant as much as possible by daily evening prayers. The Gayatri Mantra, which is full of salvation, power, and invisible power, is worshipped by the Goddess of Life, the Mother of the Vedas, and worshipped by all the gods. The Gayatri Panchayatan Temple, built by keeping the three powers of Savitri, the creator of the essence of creation, and Saraswati, the mother of wisdom, knowledge, and wisdom, is the best and model temple in Nepal.
The community of five gods is called Panchayatan. It includes Ganesha, Surya, Vishnu, Shiva, and Devi. Ganesha is considered a symbol of the earth element, Sun is the element of light, Vishnu is the element of water, Shiva is the element of space, and Devi is considered a symbol of the powerful element of air. These are the five deities, which are defined by the word Panchayatan. Gayatri, Savitri and Saraswati are placed in the middle and the deities of the five natures are placed on the outside, hence the name Gayatri Panchayatan. Therefore, the glory of this temple is unparalleled. Gayatri is considered an important power in Hinduism. Here, regular worship is performed by the devotees studying in the Gurukul. Especially on Navadurga and Sri Panchami, devotees gather and worship.