Ward no. 2
अन्धाअन्धी दह र गुफा स्याङ्जा जिल्लाकै धार्मिक तथा पौराणिक स्थानको रुपमा प्रसिद्ध छ । पौराणिक कथन अनुसार त्रेतायुगमा पितृभक्त श्रवणकुमारले आफ्ना बृद्ध बुवाआमालाई तीर्थाटन गराउने क्रममा यस ठाउँमा आइपुगे । यात्राको क्रममा बावुआमालाई तिर्खा लागे पछि अन्धाअन्धी बाबुआमालाई त्यसै स्थानमा रहेको गुफामा राखी तिर्खा मेटाउन श्रवणकुमार पानीको खोजीमा हिंडे । पानी खोज्दै जाँदा आँधीखोला गाउँपालिका वडा नं. ४ साविकको वाङसिङ देउराली गा.वि.स.मा पर्ने घ्याङ्स्याङ्दीमा पुगी पानीको कुवामा गाग्रो डुवाउँदा सिकार खेल्दै हिडेका राजा दशरथले गाग्रो डुवाएको आवाजलाई मृृगको जस्तो आवाज मानी वाण हान्दा श्रवणकुमारलाई लाग्यो । वाण लागेर मरणासन्न अवस्थामा पुगेका श्रवणकुमारले राजा दशरथलाई मेरा बुवाआमा तिर्खाले छट्पटाइ रहेका छन् छिटो भन्दा छिटो पानी लगी तिर्खा मेटाइदिनुहास् भनी आग्रह गर्दा गर्दै श्रवणकुमारको मृत्यु भयो । राजा दशरथले पानी लिएर अन्धाअन्धी बुवाआमा भएको गुफामा पुगी पानी खान आग्रह गर्दा आफ्नो छोरा श्रवणकुमार कहाँ छन् ? उनको अवस्था थाहा नपाएसम्म पानी नखाने जिद्दी गरेपछि राजा दशरथले श्रवणकुमारको मृत्यु भएको खवर सुनाए ।
तिखे चुली (तारे भीर) ः
योआँधीखोलागाउँपालिकावडानं. २ चिलाउनेबासको उच्च भाग तिखे चुली वा तारेभीरमा परम्परागत पोखरीको अवशेष रही आएको छ । त्रेत युगमा आफ्ना बुवाआमाको तिर्खा मेटाउन पानी लिन गएका पितृभक्त श्रवणकुमारलाई लागेको शव्द भेदी बाण राजा दशरथले यही ठाउँबाट चलाएको भन्ने किंवदन्ती छ । निकै रमणीय प्राकृतिक दृष्यहरुले भरिपूर्ण यस ठाउँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिम श्रंखलाहरुको अवलोकन गर्न सकिन्छ । प्राकृतिक हरियालीले धनी यो स्थानबाट सूर्योदय र सूर्यास्तको दृष्य निकै आकर्षक तवरले देख्न सकिन्छ । विभिन्न बोटविरुवा जडीवुटीले सम्पन्न यस क्षेत्रमा विभिन्न वन्यजन्तु संगै चराचुरुङ्गीहरु वस्दै आएको पाइन्छ । तिखे चुलीको कोखबाट रसाएका पानीका मूलहरुले त्यस क्षेत्रका जनमानसको तीर्खा मेटाएको छ भने अन्धाअन्धी दह हुदै सिरुवारी तथा डहरे जानको लागि यो तिखे चुलीको बाटो निकै छोटो रहेको पाइन्छ ।


टासी छोलिङ्ग गुम्वा ः
आँधीखोलागाउँपालिकावडानं. २ चिलाउनेबासमा पर्ने यो गुम्वा अन्धाअन्धी सडक खण्डबाट करिव आधा घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । यो गुम्वा स्थानीय वासीहरुको सहयोगमा निर्माण गरेको पाइन्छ । गुरुङ भाषाको मरो शव्द अर्थात् सपनाको गाउँ वा ज्वाइहरुको घर भएको हुनाले मरो शव्द अपभ्रंस भई गाउँको नाम मडुवा रहन गएको भन्ने गरिन्छ । यो गुम्वा रहेको स्थानलाई गुरुङ भाषमा छको भन्ने गरेको कथन पाइन्छ । जसमा छ भनेको शरीर र को भनेको समाधिस्थल वा अन्त्य गर्ने डाडाँ भन्ने बुझिन्छ । गुरुङ संस्कृति अनुसार मृतात्माको चिर शान्तिको लािग र भगवान गौतम बुद्धको आशिर्वाद पाउनको लागि यस स्थानमा गुम्वा निर्माण गरी बुद्ध जयन्ती, दशहार र ल्होसारमा विशेष पूजाआजा गर्ने प्रचलन रहिआएको पाइन्छ भने महिनावारी नियमित पुजा स्थानीयवासीहरुले पालैपालो गर्ने गरिन्छ जसबाट मनकामना पूरा हुने जनविश्वास पाइन्छ । साथै टासीको अर्थ शुभ मंगल र छोइङ को अर्थ भवसागर भएकोले यस गुम्वाको नाम टासी छोइङ रहेको पाइन्छ । यस गुम्वाको छेउ पट्टि वग्ने खोलालाई जरे खोला भनिन्छ जहाँ निकै आकर्षक र मनोरम दृष्य देख्न सकिने झरना रहेको छ जसलाई जरेखोला छहरा भन्ने गरिन्छ ।यो छहरा करिव ५०० मिटरको उचाइबाट झरेको छ भने आन्तरिक पर्यटकहरु यस छहराबाट आनन्दानुभूति गर्ने गर्दछन् । यस छहराले बनाएको दह आरीको आकारको भएको हुनाले यसलाई आरी दह भन्ने गरिन्छ । जुन निकै आकर्षक तथा रमणीय देखिन्छ ।
गायत्री पाञ्चायतन मन्दिर ः
गायत्री पाञ्चायतन मन्दिर आँधीखोला गाउँपालिका वडा नं. २ चिलाउनेबास, काफलटारीमा रहेको छ । यो मन्दिर गुरुकुल वेद विद्याश्रम मा.वि.को परिसर भित्र छ । समग्र वैदिक विज्ञानको सार संग्रहित जसलाई हामीले बह्मविद्याका रुपमा चिन्दछौ र नित्य सन्ध्योपासना गरी यथाशक्य जप गर्छौ त्यस्तो मोक्षदायक शक्तिदायक अदृष्यशक्तिले भरिपूर्ण गायत्री मन्त्रद्वारा उपास्या प्राणकी अधिष्ठात्री देवी वेद जननी र सवै देवताद्वारा उपस्या गायत्री देवी, सार सृष्टिकी उत्पत्तिकर्ता सावित्री र विवेक ,ज्ञान र बुद्धिधात्री सरस्वती यी त्रिशक्ति देवीलाई एकै केन्द्रमा राखेर निर्माण गरिएको गायत्री पाञ्चायतन मन्दिर नेपालकै उत्कृष्ट र नमूना मन्दिर हो । पाँचवटा देवताको समुदायलाई पाञ्चायतन भनिन्छ । जसमा गणेश, सूर्य, विष्णु, शिव र देवी पर्दछन् । गणेशलाई पृथ्वीतत्व, सूर्यलाई तेजतत्व, विष्णुलाई जलतत्व, शिवलाई आकाशतत्व र देवीलाई शक्तिमान वायुतत्वको प्रतीकको रुपमा लिइन्छ । यिनै पञ्चदेव हुन् यसलाई पाञ्चायतन शव्दले परिभाषित गरिएको छ । गायत्री, सावित्री र सरस्वतीलाई मध्य भागमा र पञ्च प्रकृतिका अधिष्ठाता देवताहरुलाई बाहिरी भागमा राखिएको हुनाले गायत्री पाञ्चायतन नाम रहन गएको हो । यसर्थ यो मन्दिरको महिमा अपरम्पार छ । हिन्दू धर्ममा गायत्रीलाई महत्वपूर्ण शक्ति मानिन्छ । यहाँ गुरुकूलमा अध्ययन गर्ने वटुकहरुबाट नियमित पुजा गरिन्छ । विशेष गरी नवदुुर्गा र श्रीपञ्चमीमा भक्तजनहरु भेला भई पुजा आजा गर्छन्


ठूली छहरा ÷सानी छहरा ः
आँधीखोला गाउँपालिका वडा नं. २ चिलाउनेबासमा पर्ने यी छहराहरु जावी खोलाको मुहानमा अवस्थित छन् । ठूली छहरा र यसको नजिकै रहेको सानी छहरा पत्रेदार चट्टानबाट निर्माण भएको क्रमश ः करिव १५० मिटर र करिव १२० मिटरको छाँगाबाट तल झरेका छन् ।
यी छहरामा हिउँदको समयमा सानो पानीको बहाव भए पनि वर्षादको समयमा भने तीव्ररुपमा वगेको पानी एक्कासी छाँगाबाट खस्दा त्यहाँ वरिपरि पानीको फैलावटको कारण मनोरम र आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । यी छहराहरु साहसिक पर्यटकको लागि तथा क्यानोनिङ गर्ने पर्यटकहरुको लागि महत्वपूर्ण मानिन्छ ।